
काठमाडौं । भारतमा देशव्यापी कोभिड संक्रमण फेरि बढ्न थालेको छ । २६ डिसेम्बरदेखि भारतभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।
समग्रमा २२ राज्यमा संक्रमण फैलिएको र भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवाललाई उदृत गर्दै एजेन्सीहरूले लेखेका छन् ।
केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् ।
संक्रमित बढेसँगै यसको जोखिम नेपालमा समेत बढेको छ । नेपाल-भारतबीच खुला सिमाना रहेकाले आवतजावतकै कारण पनि नेपालमा जोखिम बढेको नेपालका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
नयाँ भेरियण्टको कोभिड फैलन नदिन आवश्यक सतर्कता अपनाउन नेपाल सरकारले आव्हान समेत गरेको छ ।
कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । फोटो: बिबिसी




खबर बजार । १६ पुष २०७८, शुक्रबार ०२:४८