

सुर्खेत् । सुर्खेतको भेरीगंगा नगरपालिकाका ४ वडाका बासिन्दालाई जग्गाको स्थायी पुर्जा वितरण गरिने भएको छ ।
नगरका वडा नं. ६, ७, ८ र ९ का झन्डै ३ सय परिवारलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा वितरणको तयारी थालिएको हो ।
पहिलो चरणमा राष्ट्रिय भूमि आयोगले चैत अन्तिम साता भेरीगंगा र गुर्भाकोटका गरी एक सय ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको थियो । ती दुई पालिकामा २ सय ९३ कित्ता जग्गा दिइएको थियो ।
यसअघि नै पुर्जा लिने प्रक्रियामा रहेका थप परिवारलाई दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरण गरिने भएको छ, जसका लागि हकदाबी विरोधको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

खबर बजार । ३१ जेष्ठ २०७९, मंगलवार ०६:४५