सुर्खेत । आगामी आर्थिक वर्षदेखि कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । तीनै तहका सरकारको साझेदारीमा ऊक्त कार्यत्रम सञ्चालन गर्न लागिएको हो ।
अति विपन्न नागरिकको जीवनस्तर उकास्न र पूर्वाधार विकासमा सहयोग पु¥याउन कार्यक्रम सञ्चालन गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कार्यत्रम सञ्चालन गर्न संघीय सरकारले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत लागत बेहोर्नुपर्नेछ ।
कार्यक्रम लागू भएपछि स्थानीय तहले २५ लाखदेखि २ करोडसम्मको अनुदान प्राप्त गर्नेछन् । जसका लागि संघीय सरकारले प्रदेश सरकारलाई एकीकृत बस्ती छनोट गरी सिफारिस गर्न भनेको छ ।
बस्ती विकासका लागि कार्यक्रम छनोट गर्न स्थानीय तह र प्रदेश सरकारलाई पत्राचार गरिएको मन्त्रालयका सीडीई होमनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम लागू भएपछि विपन्नका लागि घरदेखि हाटबजारसम्मका पूर्वाधारका आयोजनाहरू सञ्चालन हुनेछन् ।
नागरिकको जीवनस्तर उकास्न, आयआर्जन बढाउन, उनीहरूको दैनिकीलाई सहज बनाउन तथा सुविधा दिलाउने उद्देश्यले कार्यक्रम लागू गर्न लागिएको उनले जानकारी दिनुभयो ।
सृजना बुढाथोकी । ९ बैशाख २०७९, शुक्रबार ०६:५०