आइपिएल : गुजरातविरुद्ध राजस्थानको जीत 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थान विजयी भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो ।

जवाफमा गुजरात टाइटन्स २० ओभरमा ८ विकेट गुमाएर २०४ रनमै सीमित भयो ।

आज:

आज अपरान्ह पौने ४ बजे सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्स बीच खेल हुँदैछ भने, साँझ पौने ८ बजे रोयल च्यालेन्जर्स बेंगलुरु भर्सेस चेन्नई सुपर किंग्सबीच खेल हुने छ ।