टोकियोको हाचिओजिस्थित फुटसल मैदानमा आगामी बैशाख १८ गते प्रतियोगीता हुने

काठमाडौं । खेलकुदका माध्ययमबाट कर्णालीको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कर्णालीका प्रवाशी युवाहरुले जापानमा प्रथम ‘रारा गोल्डकप’ फुटसल प्रतियोगीता आयोजना गर्ने भएका छन् ।

कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामुहिक प्रयासमा प्रतियोगीता सञ्चालन हुने भएको हो । स्थापनाकालदेखि नैे सामाजिक कार्यमा संलग्न हुँदै आएको युवाहरुको संगठन कर्णाली प्रदेश समाज जापानले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

प्राकृतिक सम्पदाको यथोचित प्रचार–प्रसार गरी समग्र कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने मुलभूत उद्देश्यका साथ प्रतियोगीतको आयोजना हुन लागेको समाजका अध्यक्ष कृष्ण शाहीले जानकारी दिनुभयो ।

कर्णालीलाई चिनाउँने गरी गर्न लागिएको खेलले कर्णालीलाई विश्वमाझ लैजाने भन्दै आफूहरुको सानो प्रयासलाई सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आफ्नो स्थानबाट कर्णालीको प्रचारका लागि सक्दो सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगीताले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रचार–प्रसारमा मद्दत पुग्ने शाहीको विश्वास छ । प्रतियोगीता टोकियो हाचिओजिस्थित फुटसल मैदानमा आगामी मे १ अर्थात् २०७९ बैशाख १८ गते आइतबारका दिन प्रथम ‘रारा गोल्डकप फुटसल’ प्रतियोगीता हुनेछ ।

प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने टिमले जापनिज तीन लाख तीन हजार तीन सय ३३ रुपौयाँ हात पार्ने छ । यस्तै, प्रतियोगिताको दोस्रो स्थान हाँसिल गर्ने टिमले एकलाख पचपन्न हजार पाँचसय ५५ रुपैयाँ पाउँने छन् ।

प्रतियोगीतामा तेस्रो स्थान हाँसिल गर्ने टिमलाई ट्रफि तथा मेडलले सम्मान गरिने आयोजकले जनाएको छ ।