नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा पदबाट राजीनामा

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहांले आफ्नो कार्यकालमा खुसी, माया, दु:ख र पीडा सबै प्राप्त गरेको जनाउनु भयो ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उहां नेपाल बाहिर हुनुहुन्थ्यो । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।