प्रदेश अस्पतालमा हेलिप्याड परीक्षण

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको हेलीप्याडको परीक्षण भएको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूबाट बिरामीहरूलाई उद्धार गरि उपचार कार्यमा सहजता ल्याउन हेलिप्याड सञ्चालन गर्न लागिएको हो ।

परीक्षण पश्चात क्याप्टेनको सल्लाहअनुसार आगामी दिनमा जोखिमयुक्त समस्यामा रहेका विरामीलाई हेलिकप्टरबाट उद्दार गर्न सकिने छ ।

समयमा अस्पताल सम्म पुग्न नसक्दा कर्णालीका हिमाली क्षेत्रका कतिपय नागरिकको अकालमै मृत्युु हुने गरेको छ ।