आहा रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

काठमाडौं । मनाङ मर्स्याङदी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कपमा सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई २-० गोलको नतिजामा पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।