

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ ।
लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताईएको छ ।
रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको छ ।
प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।
प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछाने विरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको रिट निवेदन सर्वोच्च अदालत पुगेको हो ।
नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविको राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष र सांसद पद गुमेको थियो ।

खबर बजार । १९ चैत्र २०७९, आईतवार १६:३२