मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ६ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आज पनि घट्यो शेयर बजार

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, फाइनान्स, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

Dailekhi urja

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ ।

आज ३ सय ३३ वटा कम्पनीका ८९ लाख कित्ता शेयर ३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

nepalgunj