नाउपा औपचारिक रूपमा फुट्यो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ ।

 

रेशम चौधरी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पति संरक्षक रेशम लाल चौधरीका बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएको हो ।
हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं । अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन । एउटा निकासको लागि मात्रै अघि बढेको छ ।’