राष्ट्रपति पौडेल जापान जाने

काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जापान जानुहुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको हो ।

नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लाग्नुभएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।

अर्यालकाअनुसार कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।