लागूऔषध कारोवारी भएको अभियोगमा सुर्खेत प्रहरीद्वारा वीरेन्द्रनगरबाट ३ जनालाई पक्राउ

सुर्खेत । लागूऔषध कारोवारी भएको अभियोगमा सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ३ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट वीरेन्द्रनगर ६ का ३१ वर्षीय भीमबहादुर रोकाय, वीरेन्द्रनगर ९ की १८ वर्षकी मनिषा घिमिरे र २५ वर्षीया जीवनकली थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूपदार्थको कारोवार गरिरहेको सूचना पाएपछि सादा पोशाकमा गएको प्रहरीले खानतलाश गर्दा तीन जनाबाट ३ सय ८० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । घिमिरे डाँडामा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीको भनाई छ ।