
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आज खेल्दै छ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिएका थिए । नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही न केही ‘स्पेशल’ गर्ने खोजीमा छ ।
आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यसकै खोजीमा समेत हुनेछ ।
तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।




खबर बजार । २५ माघ २०८२, आईतवार ०८:२२