अदानचुली र खार्पुनाथमा कांग्रेस(एमालेका पुरानै उम्मेदवार प्रतिस्पर्धामा

हुम्ला । हुम्ला जिल्लाका दुई पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै अनुहारका उम्मेदवारहरुलाई प्रतिस्पर्धामा उतारेका छन् ।

अदानचुली गाउँपालिका र खार्पुनाथ गाउँपालिका २०७४ सालको निर्वाचन जितेकाहरु नै यसपटक पनि प्रतिस्पर्धामा छन् ।

०७४ सालमा खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्ण रावल विजयी भएका थिए भने अदानचुली गाउँपालिकामा एमालेबाट दल फडेरा विजयी भएका थिए ।

यसपटक पनि खार्पुनाथमा कांग्रेसले कर्ण रावललाई नै र अदानचुलीमा एमालेले दल फडेरालाई नै उम्मेदवार बनाएका छन् ।