राष्ट्रिय सभा तर्फ एमालेको संसदीय दलमा डा. दंगाल

काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन हुनुभएको छ ।

संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन हुनुभएको हो ।

उहाँ हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित हुनुभएको हो । दंगाल नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुनुहुन्छ ।