मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

नेपाली महिला टीम भानुआतुसँग पराजित 

१ मिनेट पढाइ

काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको छ ।

भानुआतुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभर ३ बलमा ७५ रन बनाउँदा अलआउट भयो ।

यसअघि रुवान्डामा टस जितेर ब्याटिङ गरेको भानुआतुले २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई ५० रन र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई २ विकेटले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।

सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ ।