
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएकाे छ ।

बैठक आइतबार साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपाले जनाएकाे हाे ।
बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।
बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने रास्वपाले जनाएकाे हाे ।




खबर बजार । २७ बैशाख २०८३, आईतवार ०९:०२