डोल्पाका दुई पालिकामा समाजवादीका उम्मेद्वार निर्विरोध

सुर्खेत । नेकपा एकीकृत समाजवादीले डोल्पा जिल्लामा विजयी शुरुवात गरेको छ ।

जिल्लको काइके गाउँपालिका अध्यक्षमा अंगद बुढा र छार्काताङ्सोङ गाउँपालिकामा सोनाम गुरुङ निर्विरोध निर्वाचित भएको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिंह बुढाले नेपालीरैबारलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार पालिका अध्यक्षमा अन्य कुनै पार्टीको उम्मेद्वारी नपरेपछि निर्विरोध निर्वाचित भएको हुन् । यस्तै डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरुङ निर्वाचित भएको बुढाले बताउनुभयो ।