सरकारद्वारा ११ निर्माण कम्पनी कालोसूचीमा, हेर्नुहोस् सूची… 

काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने कार्यालयले जनाएको छ ।

हेर्नुहोस् कालो सूचीमा राखिएका कम्पनीको सूची :