कर्णाली नदीमा खस्यो बस

दैलेख । दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।
बसमा कतिजना सवार थिए भन्ने अझै खुलेको छैन ।
दुर्घटनामा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको छ ।
बस सडकबाट कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।