पोखरा । नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ। एथ्लेटिक्सको ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जित्नु भएको छ ।
भारतीय सेनामा कार्यरत बुढालाई खेलाएको विषयमा विभागीय टिमले विरोध गरे पनि उहांले प्रतिस्पर्धामा भाग लिनु भएको हो ।
स्वर्ण जित्ने क्रममा उहांले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गर्नु भयो । रजत पदक जित्नु भएका एपिएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गर्नु भयो ।
आर्मीका सुवास कार्कीले कास्य पदक हात पार्नु भएको छ । उहांले ९ मिनेट २२.१५ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भयो ।
खबर बजार । ३१ आश्विन २०७९, सोमबार १२:४५