
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भोटेकोसीमा आएको भीषण बाढीका कारण परीक्षाहरू स्थगित गरेको छ ।

बाढीका कारण सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका अधिकांश परीक्षाहरू स्थगित भएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयले भदौ ११ गते बिहान MICD मा सञ्चालन भएको परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको जनाएको छ । उक्त परीक्षा बाहेक स्नातक तथा स्नातकोत्तर तहअन्तर्गतका अन्य सबै परीक्षाहरू हालका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
विश्वविद्यालयले सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई अर्को सूचना प्रकाशित नभएसम्म प्रतीक्षा गर्न अनुरोध गरेको छ ।
साथै, परीक्षा सम्बन्धी आगामी निर्णय तथा नयाँ कार्यतालिका विश्वविद्यालयबाट आधिकारिक रूपमा सार्वजनिक गरिने निमित्त परीक्षा व्यवस्थापन प्रमुख डा. ज्ञान प्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।





खबर बजार । ११ भाद्र २०८३, बिहीबार ०९:५९