आज पनि घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।