
काठमाडौं । कर्णाली र कोशी प्रदेशमा आज वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना छ ।
साथै, महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिहान सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भैरहेको छ ।
गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
गएराति काठमाण्डौको विष्णुमती नदीमा बाढी आएकोमा अहिले भने पानीको बहाव घटेको छ ।
लमजुङको मस्र्याङ्दी नदीमा बाढी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




खबर बजार । १७ भाद्र २०८३, बुधबार ०७:१४