
काठमाडौं । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गए राति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो ।




खबर बजार । १६ भाद्र २०८३, मंगलवार १०:५५