
काठमाडौं । पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले संविधान तयार गरि जारी गरेको ११ वर्ष पूरा भएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते, अर्थात् आजकै दिन घोषणा भएको हो ।
ठूलो त्याग र वलिदानीपछि संविधान जारी भएको उपलक्ष्यमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ ।
२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी/समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।
यस अवधिमा संविधानमा उल्लेख गरिएका कतिपय महत्त्वपूर्ण कार्यहरू कार्यान्वयन नगर्दै संविधान संशोधनको बहस शुरू भएको छ ।
संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । अघिल्लो वर्ष भदौ २३ र २४ मा भएको ‘जेन-जीआन्दोलन’को जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन भयो ।
यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बन्यो । योसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।




खबर बजार । ३ आश्विन २०८३, शनिबार ०६:३९