बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा नेकपा (एमाले) प्रवेशको लहर देखिएको छ । देश र जनताको पक्षमा आवाज उठाउने एवं जनजिविकाको सवालमा काम गर्ने पार्टी एमाले भएको बताउँदै एमालेप्रति आकर्षण देखिएको हो ।

खासगरी नरैनापुरका युवा पुस्ता एमालेप्रति थप आकर्षित भएका पाइएको छ । नरैनापुरको ५ र ६ नम्बर वडाको संयुक्त कार्यक्रममा आज साढे तीय जनाले एमालेमा प्रवेश गरेका छन् । त्यसमा आधाभन्दा बढि युवा पुस्ता रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्री तथा पार्टीका अग्रज नेताहरूको उपस्थितिमा उत्साह र खुसीका साथ युवाहरू एमालेमा प्रवेश गरेका छन् ।

आफ्नो विगतको राजनीतिक अनुभवबाट सिक्दै नयाँ आशा र अपेक्षासहित एमालेमा आबद्ध हुनुभएका युवाहरूको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको कार्यक्रमका सहभागीको भनाइ छ ।

युवाहरूले आफ्नो भविष्य, विचार र विश्वासअनुसार नयाँ राजनीतिक यात्रा रोज्नुभएको यस अवसरमा सम्पूर्ण नवप्रवेशी युवाहरूलाई सांसद राई र मन्त्री खत्रीले स्वागत तथा बधाई दिनुभएको छ ।
गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा समेत नरैनापुरबाट एमालेलाई सबैभन्दा बढी मत प्राप्त भएको थियो ।




खबर बजार । ८ कार्तिक २०८३, शनिबार २०:३५