काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर र काठमाण्डुबीचको खेल मध्यान्ह साढे १२ बजे र विराटनगर र कर्णाली बेलुकी ५ बजे भिड्नेछन् । दुबै खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको रङ्गशालामा सञ्चालन गरिने छन् ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्रो संस्करणको प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।