मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

१ मिनेट पढाइ

सल्यान । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते हुनुभएको छ ।

मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो चालक ३४ वर्षीय निर्मल कँवर मगर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि दाङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।