मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २६ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

गुराँस क्रिकेटको उपाधी पञ्चकोशीलाई 

१ मिनेट पढाइ
०साझा

kuse inside

दैलेख । प्रथम गुराँस खेलकुद महोत्सव- २०८३ अन्तर्गत पालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी पञ्चकोशी युवा क्लव, गुराँस १ ले जितेको छ ।

Dailekhi urja

माउन्टएभरेष्ट युवा क्लव गुराँस, ८ लाई २६ रनले पराजित गर्दै पञ्चकोशीले उपाधीसहित ३० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता माउन्टएभरेष्टले १८ हजार प्राप्त गरेको छ ।

१२ ओभरको खेलमा पञ्चकोशीले दिएको ८९ रनको लक्ष्य माउन्टएभरेष्टले भेट्टाउन सकेन । माउन्टएभरेष्टले ६२ रनमात्र बनाउन सक्यो ।

यसैगरी, तृतीय स्थान प्राप्त गर्न सफल शिवशक्ती युवा क्लव, गुराँस ८ ले १० हजार रुपैयाँ पुरस्कार पाएको छ । शिवशक्तिले गुराँस, ३ को टीमलाई पराजित गरेको हो ।

समापन समारोहमा गुराँस गाउँपालिकाको उपाध्यक्ष शिवाकुमारी खड्का, ३ नम्बर वडा अध्यक्ष काँशिराम शर्मा, ८ नम्बर वडा अध्यक्ष दीपेन्द्र ओली, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, गुराँस गाउँकार्यपालिका सदस्य अमृता बिसी, गाउँसभा सदस्यहरू नगेन्द्रप्रसाद लामिछाने, महेश खत्री, स्थानीय खेलकुद विकास समितिको सदस्य दिवश खत्रीलगायतको उपस्थिति थियो ।

nepalgunj