मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

आज र भोलि मौसम मुख्यतया सफा, शनिवार र आइतवार हल्का वर्षा हुने 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आज र भोलि मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि शनिवार र आइतवार भने केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Dailekhi urja

आज बागमती, कोशी, मधेश र गण्डकीका हिमाली तथा पहाडी भेगमा आंशिक बादल लाग्ने र बाँकी ठाउँमा मौसम सफा रहनेछ  । महाशाखाका अनुसार अहिले बिहानपख तराईका केही ठाउँ, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पनि कोशी र मधेशमा आंशिक बदली तथा अरु ठाउँमा मौसम सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार भोलि देशैभरको मौसम मुख्यतया सफा रहने अनुमान छ । पर्सि शनिवार कोशी र मधेश प्रदेशमा एक–दुई ठाउँमा हल्का वर्षा तथा  कोशीका पहाडी भेगमा हिमपातको स्म्भावना छ ।

यस्तै आइतवार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक–दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना छ । यस्तै आइतवार मधेशका एक–दुई ठाउँमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

nepalgunj