मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ५ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

दैनिक उपभोग्य वस्तुको मूल्य १६.४४ प्रतिशतले बढ्यो

मुद्रास्फीति ६.३७ प्रतिशत

२ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । खाद्य तथा पेय पदार्थतर्फ घिउ तथा तेलको मूल्य १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशतले बढेको छ । चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यवृद्धि १२.९७ प्रतिशत छ । मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.१० प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।

Dailekhi urja

असोजमा मुद्रास्फीति ६.३७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको असोजमा १.४७ प्रतिशत रहेको मुद्रास्फीति दर एक वर्षमा ४.९० प्रतिशत बिन्दुले बढेको हो । यो अघिल्लो वर्ष सोही महिनाको दरको चार गुणाभन्दा बढी हो ।

असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.४६ प्रतिशत रह्यो । अघिल्लो वर्षको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य २.५४ प्रतिशतले घटेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्य ३.८० प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो ।

nepalgunj