मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १० , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राजनीति :

काँग्रेस केन्द्रीय समितिमा ११ जना मनोनीत

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

Dailekhi urja

महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्वका लागि ११ जना अपुग भएपछि मनोनयन गरी निर्वाचन आयोगलाई जानकारी गराइएको हो ।

मनोनीत हुनेमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याल हुनुहुन्छ । बाँकी पाँच जनाको नाम भने खुलेको छैन । मनोनीत गरिएका ११ जनाले महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएको थिएन ।

काँग्रेसको संशोधित विधानमा केन्द्रीय समिति २९७ सदस्यीय हुने व्यवस्था छ । त्यसमध्ये ६६ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ ।

मनोनीत हुनुभएकी कोइराला यसअघि विशेष महाधिवेशनपछि पनि केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको थियो । १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षमा आउनुभएकी न्यौपानेले सभापतिको आग्रहमा उम्मेदवारी नदिएको त्यतिबेला सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो । चौधरी भने विशेष महाधिवेशनपछि संस्थापन पक्षमा आबद्ध हुनुभएको थियो ।

मनोनीत अर्की सदस्य पाण्डे गाउँपालिका राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष तथा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुनुहुन्छ ।

रौतहटकी खातुन प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ भने कैलालीकी चोख्याल विशेष महाधिवेशनको पक्षमा सक्रिय हुनुहुन्थ्यो ।

nepalgunj