मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ९ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राप्रपाले आज सुर्खेतमा आमसभा गर्दै, अध्यक्ष लिङ्देनसहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा आज आमसभा गर्ने भएको छ । राष्ट्रिय राजनीतिक विषयवस्तुसँगै पार्टीका पूर्वअध्यक्ष कमल थापा लगायतले पुनः राप्रपा नेपाल ब्युँझाएपछि सही सूचनाको सम्प्रेषण गर्न भन्दै आमसभा गर्न थालिएको हो ।

कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन । फाइल तस्बिर ।

Dailekhi urja

राप्रपा सुर्खेतका अध्यक्ष कबिराम पुरीकाअनुसार आमसभामा राप्रपाका अध्यक्षसहित पूर्वअध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय मुकुन्दश्याम गिरी र विक्रम पाण्डे, महामन्त्री डाक्टर धवल शम्मेर राणा र कुन्ति शाही तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

उहाँले वर्तमान अवस्थामा मुलुकको आर्थिक, राजनीतिक असुरक्षा र बाह्य हस्तक्षेपका कारण गम्भीर संकटमा परेकोले पार्टीको अभियानलाई तिब्रता दिइएको बताउनुभएको छ ।

राज्यले संस्थागत सेटिङ्ग गरेर भ्रष्टाचारमा व्यापाकता भएको, राष्ट्रिय स्वाधिनता माथि नै बादल मडारिएको बताउँदै पुरीले २०४६ सालदेखि हालसम्म राजनीतिक तथा प्रशासनिक रुपमा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्ने, सांसदले मन्त्री हुन नपाउने, संघीयताको खारेजी, पूर्ण समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने व्यवस्थाका साथै कुनैपनि राजनीतिक दलको सदस्यता नलिएको आम नेपाली जनताको जनभावना बमोजिम चल्ने अभिभावकको रुपमा शान्ति र स्थायित्वको आधारस्तम्भको रुपमा राजसंस्था तथा हिन्दुराष्ट्र राप्रपाले एजेण्डाको रुपमा प्रस्तुत गरिरहेको छ ।

nepalgunj