मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

हप्ताको पहिलो दिन शेयर बजार राताम्मे

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

Dailekhi urja

बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । २ सय ६३ वटा कम्पनीका २० लाख १५ हजार कित्ता शेयर ६० करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रो, मन्दाकिनी हाइड्रो र श्वेत गंगा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर ८ प्रतिशत र इर्स्टन हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ।

nepalgunj