मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने

१ मिनेट पढाइ

काठमाण्डाै । एमाले उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ । नेम्वाङका छोरा विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ ।

बालुवाटारमा रहेको आफ्नै निवासमा गएराति उहाँलाई हृदयघात भएको थियो । उहाँलाई राति नै  महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।