मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो ।

आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिनु भयो । उहाँका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

Dailekhi urja

प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन ।

nepalgunj