मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आज पनि घट्यो शेयर बजार

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । लगातार पाँचौँ दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Dailekhi urja

आज एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिद/बिक्री भएको छ ।

nepalgunj