मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सुनचाँदीको भाउ आज घट्यो

१ मिनेट पढाइ

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ ।

गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटेको हो ।

आज सुनको तोलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ । यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।