

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कात्तिक २२ गते वृहत साँगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
मौलिक कला र संस्कृति संरक्षण, पुस्तान्तरण र प्रचार गर्न र सामाजिक हानिकार प्रथाविरुद्ध सचेतिकरण गर्न वीरेन्द्रनगरस्थित सिटी हल प्राङ्गणमा वृहत साँगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
वाइजी इन्टरटेइमेन्ट तथा अक्सफार्म नेपाल र अक्सफार्म कोरियासँगको साझेदारी, वीरेन्द्रनगर नगरपालिकाको समन्वय र युवालयको सहआयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा मारुनी नृत्य, कौडा नृत्य, लोक झ्याउरे नृत्य प्रस्तुत हुनुका साथै चर्चित कलाकार कविराज गिरी, नेपाल आइडलका कन्टेस्टेन्ट सुनिल बस्याल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरुको बजेड प्रस्तुति रहने आयोजकको भनाई छ ।

खबर बजार । ११ कार्तिक २०८१, आईतवार १४:५६