त्रिदेशीय टी–२० शृङ्खला:नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ ।
नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

याे जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना बढेकाे छ ।