जुम्लामा भूकम्पको धक्का

जुम्ला । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।