

सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक एआई जेनेरेटिभ उपकरणकाे प्रयाेग विषयक एक दिने अभिमुखीकरण भएको छ । आइटी क्षेत्रमा क्रियाशील सराेकारवाला निकायलाई जानकारी दिने उद्देश्यले आयाेजित कार्यशालामा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा यूएनआईसिटिएस नेपालका महासचिव खुसल रेग्मीले सहजीकरण गरेका थिए ।
यूएनआईसिटिएस नेपालकाे समन्वयमा क्यान महासंघ सुर्खेत शाखाले आयाेजना गरेको अभिमुखीकरण विभित्र सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील आइटी क्षेत्रमा संलग्न एकसय ४० भन्दा बढी सहभागी रहेका थिए ।
प्रमुख अतिथिसमेत रहेका रेग्मीले एआइकाे सही सदुपयोग गरेर आफ्नो दैनिकीलाई सहज र सरल बनाउन सकिने बताए । कार्यक्रममा विशेष अतिथि क्यान महासंघका केन्द्रीय सदस्य रामकिशाेर रावल, यूएनआई नेपालका कार्यक्रम निर्देशक आलाेक मल्ल, क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द लगायत रहेका थिए । क्यान महासंघ सुर्खेतका अध्यक्ष लाेकेन्द्र गिरीकाे अध्यक्षतामा भएको कार्यक्रम एआई विषय अध्ययन गराउँदै आएकाे सनवे कलेज काठमाडौंकाे आर्थिक सहयोग भएको हाे । क्यान महासंघ सुर्खेत शाखाका सचिव उपेन्द्र मल्लले सञ्चालन गरेकाे कार्यक्रमकाे क्यान महासंघका पदाधिकारी तथा सदस्य समेत सहभागी थिए ।

खबर बजार । २७ फाल्गुन २०८०, आईतवार ११:४४