आईपीएलमा चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह धोनीले आफ्नो कप्तानी आज गायकवाडलाई दिएका क्रिक इन्फोले जनाएको छ ।

सन् २०२२ मा रविन्द्र जडेजा कप्तान भए पनि टोलीको प्रदर्शन राम्रो नभएपछि पुन: धोनी नै कप्तान बनेका थिए । धोनी आईपीएलका सफल कप्तानमा पर्छन् । उनको नेतृत्वमा चेन्नईले ५ पटक उपाधि जितेको छ ।

आईपीएलको १७औँ संस्करण भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेङ्गलोर खेल्दैछन् ।