
सुर्खेत । हुम्लामा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको श्रीनगरबाट अदानचुली गाउँपालिकाको बारीगाउँ जाँदै गरेको बोलेरो जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको हो ।
सु. प्र. ००१ ज ११८३ नम्बरको बोलेरो सडकबाट एक सय मिटर तल खस्दा ओदानचुली गाउँपालिका–५ बारीगाउँका अन्दाजी ४२ वर्षीय फागुने लोहोर र सोही गाउँपालिकाको करगाईका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जीपमा आठ जना सवार थिए । यीमध्य ६ जना घाइते भएको र उनीहरुको उद्दार गरेर गाउँपालिका नजिकै रहेको स्वस्थ्य चौकीमा लगिएको छ ।




खबर बजार । १० चैत्र २०८०, शनिबार १७:३७