

दैलेख । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नारायण नगरपालिका–१, मा रहेको त्रिभुवन माविमा भाइको परीक्षा दिन गएका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।
उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

खबर बजार । १५ चैत्र २०८०, बिहीबार १४:०२