प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा बहाल भएको ६ महिनापछि आज पहिलो पटक देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

सरकारले यस अवधिमा गरेका कामबारे देशबासीलाई जानकारी गराउन प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्नुहुने बताइएको छ ।

यससँगै कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गरेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी दिने उहाँको सचिवालयले जनाएको छ ।