आज सामान्य बढ्यो शेयर बजार

काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज ६६ लाख १४ हजार कित्ता शेयर दुई अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।