भीरबाट लडेर वडा सचिवको ज्यान गयो

दार्चुला । दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हो ।

हिजो बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लड्नुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

लुहारको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।